• १५ असार २०८१, शनिबार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

blog

सियोल, पुस १२ गते । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाहा गरिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मङ्गलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायलाई ‘विशेष परिस्थिति’ मा मिनाहा गरिदिनुभएको हो ।

सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका लीलाई सन् २०२० को अक्टोबरमा घुसखोरी र अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाहा’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ ।

गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रो पटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिनुभएको हो । रासस/सिन्ह्वा