• १९ पुस २०८१, शुक्रबार

फोटो फिचरसहित

स्वास्थ्य पूर्वाधारमा ध्यान दिन आवश्यक : प्रधानमन्त्री देउवा

blog

पूर्व प्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताउनुभएको छ ।

शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।


उहाँले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘आज किसुनजीको नाममा किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुसी लागेको छ । यो अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्नेछ ।’’


ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको छ । ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक छ ।’’


प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरूसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ समेत गर्नुभएको थियो ।