• ५ जेठ २०८१, शनिबार

विपन्न बालिकाको हुनसकेन शल्यक्रिया

blog

घाइते हिरकला बम । तस्विर – नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत,  मङ्सिर २७ गते । घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएकी कालिकोटकी एक बालिकाको आर्थिक अभावले उपचारमा समस्या भएको छ । 

पलाँता गाउँपालिका वडा नम्बर ७ पारौटीकी १६ वर्षीया हिरकला बमको टाउकोमा गम्भीर चोट लागेकाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गर्नुपर्ने भएपछि समस्यामा परेकाे हो ।

दाताको सहयोगमा उपचार गराइरहेकी बालिकाको थप उपचारमा अस्पतालले ३ देखि ४ लाख रुपियाँसम्म लाग्ने बताएको धिरज बमले जानकारी दिनुभयो ।

बमका अनुसार बालिकाका बुबाआमा शारीरिकरुपमा अशक्त हुनुहुन्छ । मङ्सिर २० गते घाँस काट्ने क्रममा भीरबाट ४ सय मिटर तल खस्नुभएकी हिरकलाको २४ घण्टापछि उद्धार गरिएको थियो । हाल उहाँको आइसियूमा राखेर उपचार भइरहेको छ ।