• ११ मंसिर २०८१, मङ्गलबार

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले मौनता तोडे

blog

ब्राजिलिया, मङ्सिर २४ गते । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोड्नुभएको छ ।

बोल्सोनारोले अक्टोबर ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा  निर्वाचनको परिणामबारे कुनै प्रतिक्रिया दिनुभएको थिएन ।

‘म लगभग ४० दिनदेखि मौन छु । यसले मलाई पीडा दिइरहेको छ, मेरो आत्मा दुःखिरहेको छ।  यद्यपि, म सधैं खुसी  हुने व्यक्ति हुँ ।’ उहाँले भन्नुभएको छ ।

उहाँको पराजयपछि उहाँका हजारौं समर्थकले सडक अवरुद्ध गर्दै सेनालाई लुलालाई सत्ता लिनबाट रोक्न आग्रह गर्न सैन्य ब्यारेक अगाडि प्रदर्शन समेत गरेका थिए । बोल्सोनारो जनवरी १ सम्म पदमा रहनेछन् । रासस/एएफपी