काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक उत्सव विवाहपञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकतालाई सुदृढ पार्न प्रेरणा मिल्ने बताउनुभएको छ । विवाहपञ्चमीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले मुलुकको मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नुका साथै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
“यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पु-याउने विश्वास लिएको छु,” उहाँको सन्देशमा उल्लेख छ ।
मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ ।
प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रम मुख्य आकर्षण मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा छ । यस क्षेत्रमा विवाहपञ्चमीको सांस्कृतिक एवं ऐतिहासिक महìव छ ।