• १२ साउन २०८१, शनिबार

प्रदेशसभाको लागि मुगु (क) बाट एमालेका मल्ल निर्वाचित

blog

प्रदेशसभा सदस्यमा निर्वाचित जितबहादुर मल्ल ।

हरिकृष्ण ऐडी

मुगु, मङ्सिर १० गते । जितबहादुर मल्ल प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ नेकपा एमाले मुगुको क्षेत्र (क) बाट निर्वाचित हुनुभएको हो

उहाँले छ हजार ६१८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपालबहादुर बमले पाँच हजार ५४५ मत प्राप्त गर्नुभयो ।

मुख्य निर्वाचन कार्यालयले प्रतिनिधिसभाको मतगणना जारी भएकाले प्रदेश सभा क बाट निर्वाचित भएका उम्मेदवारलाई घोषणा गर्ने तयारी भएको मुख्य निर्वाचन कार्यालयका अधिकृत दिलबहादुर बर्देवाले जानकारी दिनुभयो ।