• १३ वैशाख २०८१, बिहिबार

भ्याली पब्लिकको विजयी सुरुवात

blog

भ्याली पब्लिक कप बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, मंसिर ९ गते । आयोजक भ्याली पब्लिकले १५औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्स तीनै स्पर्धामा जितका साथ यात्रा प्रारम्भ गरेको हो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए)लाई ३७–१६ ले हरायो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङ र इश्वर घलेले समान ११–११ अंक योगदान गर्नुभयो । अशोक विक र छिमे तामाङको समान ५–५ अंक सहयोगमा भ्याली पब्लिकले इबीएलाई १३–८ ले हरायो । सिनियर गल्र्समा भ्याली पब्लिकले केभीकेएसएसलाई २५–११ ले पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ११ स्कोर गर्नुभयो । 

प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजको अन्य खेलमा सैनिकले एलआरआईलाई ४८–२५, एन्जल्स हार्टले केभीकेएसएसलाई २८–२० तथा एचएचसीएले पृथ्वीलाई २८–२५ ले पाखा लगायो । जुनियर ब्वाइजमा एन्जल्स हार्टले संस्कृतिलाई ३८–२८ ले हरायो । सिनियर गल्र्समा एचएचसीएले जुगलमाथि २६–१२ को जित निकाल्यो ।

प्रतियोगिताको राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भ्याली पब्लिकका चेयरम्यान पूर्व मेजर लिलबहादुर गुरुङ र भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी कूल ४९ टोलीको सहभागिता रहेको थियो । 

आयोजक भ्याली पब्लिकले १५औँ माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्स तीनै स्पर्धामा जितका साथ यात्रा प्रारम्भ गरेको हो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए)लाई ३७–१६ ले हरायो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङ र ईश्वर घलेले समान ११–११ अङ्क योगदान गर्नुभयो । अशोक विक र छिमेक तामाङको समान ५–५ अङ्क सहयोगमा भ्याली पब्लिकले इबीएलाई १३–८ ले हरायो । सिनियर गल्र्समा भ्याली पब्लिकले केभीकेएसएसलाई २५–११ ले पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ११ स्कोर गर्नुभयो । 

प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजको अन्य खेलमा सैनिकले एलआरआईलाई ४८–२५, एन्जल्स हार्टले केभीकेएसएसलाई २८–२० तथा एचएचसीएले पृथ्वीलाई २८–२५ ले पाखा लगायो । जुनियर ब्वाइजमा एन्जल्स हार्टले संस्कृतिलाई ३८–२८ ले हरायो । सिनियर गल्र्समा एचएचसीएले जुगलमाथि २६–१२ को जित निकाल्यो ।

प्रतियोगिताको राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भ्याली पब्लिकका चेयरम्यान पूर्व मेजर लीलबहादुर गुरुङ र भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी कूल ४९ टोलीको सहभागिता रहेको थियो ।