• १३ वैशाख २०८१, बिहिबार

बाँके १ ‘क’ माओवादीकी केसी पुनः निर्वाचित

blog

सिराज खान 

नेपालगन्ज, मङ्सिर ९ गते । बाँके १ [क] बाट नेकपा (माओवादी केन्द्र)की नेत्री कृष्णा केसी लुम्बिनी प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ । 

उहाँले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सोमराज चौधरीलाई एक हजार १३७ मतको अन्तरले पराजित गरेर निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ का अनुसार विजयी हुनुभएकी माओवादीकी केसीले ९ हजार १०३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका चौधरीले ७ हजार ९६६ मत प्राप्त गर्नुभयो । 

यस्तै तेस्रो स्थानमा रहनुभएका राप्रपाका नरेन्द्रकुमार पौडेलले ७ हजार २५८ मत प्राप्त गर्नुभएको छ । सोही प्रकारले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अम्बरबहादुर खड्काले ३ हजार ७०६ मत प्राप्त गर्नुभयो । सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार तीर्थराज डाँगीले २ हजार ४८९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

माओवादी नेत्री केसी यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही प्रदेशसभा क्षेत्रबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।