नवीन शिशिर विक
बागलुङ, मङ्सिर ८ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भर्ती गरिएको बागलुङ्का म्यादी प्रहरी जिम्मेवारी सकेर घर फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले एक कार्यक्रम गरी उहाँहरुलाई विदाई गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले विदा हुने म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
आम निर्वाचनको लागि असोज २८ गते बागलुङमा एक हजार १३५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । आम निर्वाचनको सुरक्षा व्यवस्थापनमा म्यादी प्रहरीको महत्वपूर्ण भूमिका रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उल्लेख गर्नुभयो ।
जिल्लामा म्यादी प्रहरीको कारण सुरक्षा व्यवस्थापनमा समस्या र्सिजना तथा विवाद र गुनासो नभएको उहाँको भनाई थियो । चालिस दिने कार्य अवधिमा सिकेको ज्ञान, सिप र तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा सुन्दरता भर्ने सिडियो ढकालको भनाई थियो ।
सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन सिकाएको म्यादी प्रहरी पूर्णिमा विकले बताउनुभयो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएर घर फर्किदा खुसी लागेको विकले बताउनुभयो । ‘हामीले आफ्नो जिम्मेवारी पुरा गरेर घर फर्किएका छौँ’ उहाँले भन्नुभयो–‘तालिममा सिकेका ज्ञान, सिपलाई समाजको शान्ति सुरक्षा व्यवस्थापन, विवाद हल गर्न प्रयोग गछौँ ।
म्यादी प्रहरीले सुरक्षा व्यवस्थापनमा कुनै सकर बाँकी नराखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दयाधिनी ज्ञवालीको भनाई थियो । विदाई भएका म्यादीलाई आफ्नो योग्दा अनुसार सुरक्षा बलमा जोडिन उहाँले आग्रह गर्नुभयो । ‘आजदेखि तपाईहरु पूर्वप्रहरी हो’ एसपी ज्ञवालीले भन्नुभयो–‘विना बर्दीको प्रहरी बनेर शान्ति सुरक्षा व्यवस्थापनमा योगदान गर्नुहोस ।’ विदाई क्रममा केक काटिएको थियो ।