• १२ वैशाख २०८१, बुधबार

स्याङ्जा १ (क) बाट एमालेका सुन्दास निर्वाचित

blog

निर्वाचित सीताकुमारी सुन्दास आमाको काजकिरियामा ।

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर ८ गते । शोकमा रहनुभएका स्याङ्जा १ (क) सीताकुमारी सुन्दास विजयी हुनुभएको छ । मङ्सिर ४ गते निर्वाचनको दिनमा ९० वर्षीया आमा चित्रकुमारी सुन्दासको निधन भएको थियो ।

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य सुन्दासले प्रतिस्पर्धी माओवादी केन्द्रकी स्थायी समिति सदस्य अमृता थापामगरलाई पराजित गर्नुभएको थियो । 

सुन्दासले थापालाई एक हजार ४२४ मतान्तरले जित्नुभएको हो । थापाले १३ हजार २६६ मत प्राप्त गर्दा सुन्दासले १४ हजार ६९० मत प्राप्त गर्नुभएको हो ।