• ८ वैशाख २०८१, शनिबार

चितवन १ (क) बाट एमालेका थपलिया भारी मतान्तरले निर्वाचित

blog

वसन्त पराजुली 

भरतपुर, मङ्सिर ८ गते । चितवन १ (क) बाट बागमती प्रदेश सभाको सदस्यमा नेकपा एमालेका जगन्नाथ थपलिया भारी मतान्तरले निर्वाचित हुनुभएको छ । यद्यपि निर्वाचन आयोगले भने यसको आधिकारिक घोषणा गर्न बाँकी छ । 

चितवन १ का निर्वाचन अधिकृत रेशम सिक्देलका अनुसार थपलियाले १७ हजार ६८८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरणभूषण ओलीले १० हजार ७१२ मत प्राप्त गर्नुभएको छ ।