तिलाचन पाण्डे
तम्घास, मङ्सिर ७ गते । प्रतिनिधि सभाको गुल्मी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार चन्द्र भण्डारीले सुरुवाती अग्रता लिनु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको मत गणना सम्पन्न हुँदा भण्डारी ११७ मतले अगाडि हुनुहुन्छ ।
भण्डारीले तीन हजार ९२५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का प्रदीप ज्ञवालीले तीन हजार ८०८ मत प्राप्त गर्नुभएको छ । यसरी हेर्दा गुल्मी १ मा भण्डारी र ज्ञवालीको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।