• १२ वैशाख २०८१, बुधबार

डोटी प्रदेश सभा 'ख' मा माओवादी केन्द्र विजयी

blog

केशवचन्द्र महरा

दिपायल, मङ्सिर ७ गते । डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्र का तर्फबाट उम्मेदवार ओलीले नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्नुभयाे ।

प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मतमध्ये ओलीले १४ हजार ४७ मत प्राप्त गर्नुभयो  । उहाँका निकटतम प्रतिद्वन्द्वी बमले १३ हजार १२८ मत प्राप्त गर्नुभयो ।

राप्रपाका उम्मेदवार मोहनबहादुर बमले एक हजार ३२७ मत मात्रै प्राप्त गर्नुभएको छ । एक हजार ७ सय ३२ मत बदर भएको छ । ओली र बमका बीच मतगणना सुरु भएदेखि नै कडा प्रतिस्पर्धा भएको थियो ।

डोटीमा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेदवार प्रेमबहादुर आलेमगर फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ भने प्रदेश सभा “क” मा एमाले उम्मेदवार चक्रबहादुर मल्ल अगाडि हुनुहुन्छ ।