• ११ मंसिर २०८१, मङ्गलबार

कालापत्थरमा जेडी र छिरिङको नाच

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, मङ्सिर ५ गते । कोरियोग्राफर तथा कन्टेम्पोररी डान्सर जेडी तमू र नेपालका डान्सिङ स्टार विजेता छिरिङ शेर्पाले विश्व कीर्तिमानका लागि सोलुखुम्बुमा रहेको सर्वोच्च शिखर सगरमाथाको फेदीमा रहेको कालापत्थरको पाँच हजार छ सय मिटर उचाइमा नृत्य प्रस्तुत गरी दाबी पेस गरेका छन्।

उनीहरूले विश्वकै उच्च स्थानमा कोरियोग्राफ गरी नृत्य प्रस्तुत गर्दै विश्व रेकर्डमा दाबी पेस परेका हुन्। उनीहरूले विभिन्न नेपाली लोकनृत्यलाई समायोजन गरी तीन मिनेट लामो प्रस्तुति दिएका छिन्। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम गरिएको कोरियोग्राफर जेडीले बताए। सरस्वती धिमालले कोरियोग्राफ गरेको गीतलाई प्रेम पौडेलले छायाङ्कन गरेका हुन् भने ड्रोन अभय पोखरेलले चलाएका छन्।