• १२ साउन २०८१, शनिबार

तेह्रथुममा ३६ कैदीबन्दीद्वारा मतदान

blog

तस्बिर– मतदाताहरु मतदान गर्दै ।

ठाकुर सेनेहाङ

तेह्रथुम, मङ्सिर ४ गते । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ३६ जना कैदीबन्दीले मतदान गरेका छन् ।

जिल्ला कारागारका ८३ जना कैदीबन्दीमध्ये ३६ जनाले यस पटकको निर्वाचनमा मतदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा जेलर विक्रम लिम्बुले जानकारी दिनुभयो ।

उहाँहरूले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ मतदान गरेका छन् ।

७१ हजार ९३३ मतदाता रहेको तेह्रथुममा तीन पदका लागि २६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

५६ मतदान स्थल रहेको जिल्लाको ९३ मतदान केन्द्र र १ अस्थायी केन्द्रहरूमा अहिलेसम्म सबै मतदान स्थल र केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय अधिकृत निराज शर्माले बताउनुभयो । 

निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा प्रतिनिधिसभामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार रहेका छन् ।

त्यस्तै, प्रदेशसभा (क) मा एक स्वतन्त्रसहित नौ जना र प्रदेशसभा (ख) मा एक स्वतन्त्रसहित ७ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।