• १२ साउन २०८१, शनिबार

सेनाको गाडीमा ठोक्किँदा एकको मृत्यु

blog

लीला झापाली

बिर्तामोड, मङ्सिर ४ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारीसँग मोटरसाइकल ठोक्किँदा दुर्घटनामा परेर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार मेची नगरपालिका-१३ धाइजन बस्ने होमबहादुर खत्रीको मृत्यु भएको हो । उहाँ सवार प्रदेश १–०१–०१२ प ३८५७ नम्बरको मोटरसाइकल आइतबार बिहान नेपाली सेनाको सवारीसँग ठक्कर खाएको थियो ।

दुर्घटनाका प्रत्यक्षदर्शीले मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेले दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको जनाएको छ ।