गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ४ गते । पूर्व मन्त्री एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले मतदान गर्नुभएको छ । तिलोत्तमा वडा नम्बर ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको संवैधानिक व्यवस्थाले पनि कुनै न कुनै अर्थमा गठबन्धनको माग गर्ने बताउनुभयो । नेता भुसालले चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीति लगायतमा साझा कार्यक्रम बनाउनु पर्ने बताउनुभयो । निर्वाचनले लोकतन्त्रको अभ्यास र पक्रियालाई समृद्ध पार्ने उहाँले बताउनुभयो ।