• १६ असार २०८१, आइतबार

सामान्य विवादमा मतदान स्थगित नगर्न आयोगको निर्देशन

blog

काठमाडौं, मङ्सिर ४ गते । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको हो ।

आयोगले निर्देशनमा भनेको छ, ‘‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।’’

स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्ने आयोगले जनाएको छ  ।