• १२ साउन २०८१, शनिबार

महामन्त्री शर्माद्वारा मतदान

blog

विष्णुप्रसाद पोखरेल

दमक, मंसिर ४ गते । नेपाली काँग्रेसका महामन्त्री एवं झापा क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले मतदान गर्नुभएको छ । 

मेची नगर नगरपालिकाको वडा नं. ६ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

शर्माले मतदान गर्दै मुलुकले यस निर्वाचनबाट परिवर्तन महसुस गर्ने जनाउनु भएको छ । व्यवस्था बदल्न धेरै आन्दोलन भएको जनाउँदै अब अवस्था बदल्न लाग्नु पर्ने पनि बताउनु भएको छ ।