• १२ साउन २०८१, शनिबार

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : कोइराला

blog

सचिन पोख्रेल  

विराटनगर, मङ्सिर ४ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नं. ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

मतदानपछि उहाँले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिनुभयो । नेता कोइरालाले दण्डहीनताको अन्त्य गर्दै सुशासन र मुलुकको आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । आफू निर्वाचित भएर गएपछि दण्डहीनता अन्त्य र सुशासनका पक्षमा संसदमा सधैँ आवाज उठाउने चर्चा गर्नुभयो । “मुलुकमा अहिले दण्डहीनता मौलाउँदै गएको छ । जनताले सुशासनको प्रत्याभूति गर्न छाडेका छन्,” कोइरालाले भन्नुभयो, “दण्डहीनताको अन्त्य गरी सुशासनमात्रै कायम गर्न सकियो भने मुलुकको विकास समृद्धि हुन्छ ।” 

यो निर्वाचनले सङ्घीयता र लोकतन्त्रलाई थप बलियो बनाएको उहाँले बताउनुभयो । कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो ।