• ११ असोज २०८१, शुक्रबार

मानुषी यमीलाई राप्रपा नेपालका उम्मेदवार श्रेष्ठको समर्थन

blog

मानुषी यमीको समर्थनमा सार्वजनिक विज्ञप्ति र राप्रपाका नेता कुमार श्रेष्ठ ।

काठमाडौं, मंसिर १ गते । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका कुमार श्रेष्ठले समर्थन गर्नुभएको छ।

बिहीबार  विज्ञप्ति जारी गर्दै उहाँले वर्तमान राजनीतिको परिस्थितिमा प्रतिगमनविरुद्ध योग्य एवम् क्षमतावान् उम्मेदवार यमीलाई आफ्नो समर्थन रहेको उल्लेख गर्नुभएको हो। 

आफ्नो उम्मेदवारी स्थगन गर्दै श्रेष्ठले यमीको पक्षमा मतदान गर्नसमेत अपिल गर्नुभएको छ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बीच भएको पूर्व सहमति अनुरूप साझा चुनाव चिह्नबाट यमी काठमाडौं ७ मा उम्मेदवार हुनुहुन्छ।