• ११ मंसिर २०८१, मङ्गलबार

कुसुमे रुमाल २ को भिडियो सार्वजनिक

blog

काठमाडौँ, कात्तिक २९ गते । नेपाली लोक सङ्गीत नादिङ लयको गीत 'कुसुमे रुमाल २' को भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हाे । 

साङगे शेर्पाले निर्देशन गर्नुभएको भिडियाेकाे क्यामरामा भूपेन्द्र तुम्बाहाम्फेले गर्नुभएको हाे । पासन तेन्जि शेर्पाको शब्द सङ्गीत रहेको उक्त गीतको भिडियोमा आङतेन्जी शेर्पा र लमु शेर्पा स्वर दिनुभएको छ भने कुङगा शेर्पा र मिङमा शेर्पाले अभियान गर्नुभएको छ । 

ङावा गोम्बु शेर्पाले टुङना र बच्छेवाजाको सङ्गीत दिनुभएको यो गीतलाई राकेस सोनी एरेन्ज गर्नुभएको हो । नेपाली लोक भाका मात्र नभएर हिमाली समुदायको संस्कृतिसँग प्रत्यक्ष जोडिएर निर्माण गरिएको भिडियोलाई साङगे शेर्पाले निर्देशन गर्नुभएको हो ।