• १३ असोज २०८१, आइतबार

बेलायतमा राजेशपायलले दर्शक नचाए

blog

काठमाडौं, कात्तिक २८ गते । 'किरात राई यायोक्खा' (किराया) बेलायतले आयोजना गरेको नेपालका चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई एकल साङ्गीतिक साँझ सम्पन्न भएको छ । कार्यक्रमको मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए । बेलायतका विभिन्न सहरबाट ओइरिएका दर्शक राजेशपायलको प्रतीक्षामा थिए । 

नेपालका लोकप्रिय गायक राजेशपायलले लाइभ ब्याण्डकासाथ ननस्टप गाएर दर्शक नचाए । आफ्ना लोकप्रिय गीत दर्शन नमस्ते, ‘दिक्तेल बजार,मैले मायाले दिएको मायाको चिनो, 'म त मर्छु कि क्या हो' लगायत दर्जनौँ गीत गाउनुभएको हो । 

 

गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरुङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरुङ, बाँसुरीमा इन्द्र गुरुङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरुङ र रिदममा विकल थापाले सघाएका थिए । कार्यक्रममा प्रस्तुति दिइरहँदा गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत सङ्गीत नभुल्न सुझाव दिए।आफ्ना पिता रत्न राई र आमा साक्षी राखेर गीत गाइरहँदा उहाँले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गर्नुभयो । कार्यक्रममा बेलायतमा रहेका विभिन्न सङ्घ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूसमेतको उपस्थिति रहेको थियो ।

बेलायतबाट पत्रकार केजीन राईको सहयोगमा