• ११ मंसिर २०८१, मङ्गलबार

फूल बेचेर विद्यार्थीले कमाए चार लाख

blog

गोकर्ण पौडेल 

तुलसीपुर, कात्तिक १७ गते । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीले पुष्प खेतीबाट चार लाख रुपियाँ आम्दानी गरेका छन् । विद्यार्थीले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने विद्यार्थीले पुष्प खेतीबाट सो आम्दानी गरेका हुन् ।

क्याम्पसको पाँच कठ्ठा जग्गामा गरिएको खेतिबाट विद्यार्थीले चार  लाख  आम्दानी गरेका हुन् । विद्यार्थी सन्दीप मल्लले बजारको मागअनुसार सयपत्री र मखमलीका पुष्प पुर्‍याउन नसकिएको बताउनुभयो । बजारको माग अत्यधिक भए पनि मागअनुसार बजारमा पुष्प पुगाउन नसकिएको बताउनुभयो l

क्याम्पस प्रमुख वसन्त आचार्यले विद्यार्थीलाई किताबमा मात्रै सीमित नराखी, पढाइमा समेत टेवा पुगोस् भन्ने लक्ष्यले पुष्प व्यवसायमा जोडेको बताउनुभयो । विद्यार्थीले आफै बिरुवा उत्पादन गरेर फूलखेती गरेको शिक्षक घनश्याम केसीले जानकारी दिनुभयो । लक्ष्यअनुरूप नै पुष्प व्यवसायबाट आम्दानी भएको बताउँदै दुई लाख रुपियाँको फूल बिक्रीका लागि तयारी भएको जानकारी दिनुभयो । 

मखमली र सयपत्री फूलको विद्यार्थीले किलोमा ६ सय र प्रतिमाला दुई सय ५० रुपियाँ सम्ममा बिक्री गरेको विद्यार्थी शुभेच्छा पौडेलले जानकारी दिनुभयो । अब कलेजले विद्यार्थीलाई पुष्प खेतीसँगै अन्य कृषिजन्य वस्तुको उत्पादनमा समेत संलग्न गराइने क्याम्पसका प्रमुख वसन्त आचार्यले बताउनुभयो ।