• १२ मंसिर २०८१, बुधबार

अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था

blog

काठमाडौं, कात्तिक १३ गते । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लागि विशेष व्यवस्था गरेको छ ।

आइतबार सूचना निकाल्दै मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको हो । 

आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अन्य कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने मतदाताको हकमा एकाघरको परिवारको सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरेको छ ।

जसका लागि आफूसँग मत सङ्केत गर्ने गोप्य स्थानमा लैजान मतदान अधिकृतसँग अनुमति माग्नु पर्नेछ, सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले अनुमति दिन सक्ने र मतदान अधिकृतले सहयोग गर्न सक्नेछन् ।

मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन हुने समय तोकेको छ ।