• १२ साउन २०८१, शनिबार

रोयल किङ फाइनलमा

blog

खेलमा प्रतिस्पर्धा गर्दै रोयल किङ र इलेभेन हसन्दह । तस्बिर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी, कात्तिक ५ गते । रोयल किङ, पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायरमा क्लासिक इलेभेन हसन्दहलाई ६८ रनले पराजित गर्दै रोयल किङले फाइनलको यात्रा तय गरेको हो ।

आइतबार हुने फाइनलमा रोयलले सातबाघको सामना गर्नेछ । शुक्रबार भएको दास्रो क्वालिफायरमा टस जितेर ब्याटिङ गरेको रोयल किङले २० ओभरमा ६ बिकेट गुमाएर एक सय ७५ रन बनायो । जसका लागि कप्तान राज बस्नेतले ५६ रनको योगदान दिनुभयो । पावल राईले १५ रन जोड्नुभयो ।

क्लासिक हसहन्दका लागि सुजन खत्रीले तीन, सञ्जीव धिमालले दुई तथा सुशील बस्नेतले एकले एक विकेट लिनुभयो । एक सय ७६ रनको जवाफी ब्याटिङ गरेको क्लासिक इलेभेन हसन्दह २० ओभरमा नौ विकेटको क्षतिमा एक सय सात रनमा समेटियो ।

क्लासिक हसन्दहका लागि सोलोमन राईले ३० सञ्जीव धिमाल र देवेन्द्र थापाले समान १४ तथा सुशील बस्नेतले १२ रनको योगदान गर्नुभयो ।  रोयलका लागि विश्व बस्नेतले चार, राज बस्नेतले दुई, भुपेन राई, भुपेन राई र महेश कार्कीले समान एक 

रोयलका राज बस्नेत ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । प्रतियोगिताको विजेताले उपाधिसहित एक लाख ११ हजार एक सय ११ रुपियाँ र उपविजेताले ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछ ।