• १२ साउन २०८१, शनिबार

ढकिया बनाउन व्यस्त मल्लाह समुदाय

blog

लहान–२३ का मल्लाह समुदाय छठ पर्वको लागि ढकिया बनाउन व्यस्त । तस्बिर: जीबछ यादव

लाहान, कात्तिक ३ गते । लहान नगरपालिकाको ग्रामीण भेगमा पर्ने वडा नम्बर–२३ मा मल्लाह समुदाय यति बेला छठ पर्वको लागि चाहिने बाँसजन्य ढकिया बनाउन व्यस्त रहेका छन् । ढकिया बनाएर राम्रो आम्दानी गर्ने सुरमा रहेका मल्लाह समुदायलाई निर्वाचनले छोएको छैन । 

यो पनि पढ्नुहोस

पदक विजेतालाई पोखरा महानगरको सम्मान

भदौ र असोज दुई महिना ढकिया बनाएर बेचेपछि एक जनाले पचास हजारदेखि एक लाखसम्म कमाई गरेर वर्ष दिन गुजारा गर्न सजिलो हुने भएकोले यति वेला मल्लाह समुदायको मस्तिष्कमा ढकिया बनाएर कसरी बिक्री गर्नेबारे सोच्न फुर्सद नरहेको मल्लाह समुदायका युवाहरू बताउँछन् । 

यो पनि पढ्नुहोस

पैँसट्ठी मतदान स्थल संवेदनशील

स्थानीय शैलेन्द्र सनहीका अनुसार वर्षमा छठ पर्वको अवसरमा ढकिया बनाएर कति बिक्री गर्न सके राम्रो आम्दानी हुने सोचमा रहेकोले मङ्सिर ४ गते हुने चुनावको लागि केही सोच्न नसकेको बताउनुभयो । एउटा बाँसबाट चार वटा ढकिया बनाउन बिहानदेखि बेलुकासम्म आँपको बगैँचामा बसेर दस वर्षभन्दा माथिको उमेर समूहका बालबालिकाहरू विद्यालय बाहेकको समय सघाउने गर्दछ । छठ पर्वपछि मात्रै चुनावमा कुन दललाई कुन उम्मेदवारलाई रोज्नेबारे धारणा बनाउनेछौं । 

यो पनि पढ्नुहोस

तीन पूर्वमन्त्री प्रतिस्पर्धामा

चुनावी प्रचारप्रसारमा सामाजिक सञ्जाल उपयोगी

पुर्ख्याैली पेसाको रूपमा रहेको ढकिया बनाउने कामबाट राम्रो आम्दानी हुन सक्ने बजार नहुँदा समस्या रहेको सञ्जय सहनीले भन्दै भारतीय बजार लौकहा खुटौना जयनगरसम्म जान नेपाल भारत सीमामा नरोक्ने हो भने कमाइ दोब्बर हुने बताउनुभयो । 

यो पनि पढ्नुहोस

घरदैलोमा व्यस्त उम्मेदवार

मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच

अदालत परिसर अपाङ्गमैत्री

सहनी समुदायले तयार गर्ने बाँसजन्य सामग्रीहरूको भारतीय बजारमा निर्यातका लागि सहज वातावरण बनाई दिन शिक्षा स्वास्थ्य र पेसालाई मर्यादित र भरपर्दो बनाइदिन यस पटक चुनावमा आउने राजनीतिक दलहरूसँग मल्लाह सहनी समुदायको माग रहेको अर्का स्थानीय युवा वृजेन्द्र सहनीले बताउनुभयो । 

नेपालको तराई मधेस र भारतको विहार, उत्तर प्रदेशमा हुने छठ पर्वका लागि चाहिने माटोबाट बनाउने विभिन्न सामग्री र बाँसबाट बनाउने सामग्रीहरू लहानका कुम्हाल र मल्लाह सहनीको पुर्ख्यौली पेसालाई मर्यादित बनाउन बजारको व्यवस्था र निर्यातका लागि भारत जान सहज गरिदिए कुम्हाल र मल्लाह समुदायको आर्थिक अवस्था निकै मजबुत हुने लहान–३ का वडाध्यक्ष रानाथ पण्डित कुम्हालले बताउनुभयो ।  

Author

जीबछ यादव