• १३ साउन २०८१, आइतबार

पूर्व सशस्त्र प्रहरी शाहद्वारा आफैलाई गोली हानी आत्महत्या

blog

फाइल स्केच ।

बिर्तामोड समाचारदाता

बिर्तामोड असोज २ गते । झापा गौरादह नगरपालिका ८ जुरोपानीमा घरायसी विवाद हुँदा एक पूर्व सशस्त्र प्रहरीले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । मंगलबार राती ७ बजेको समयमा झापा गौरादह ८ का ३६ वर्षीय बिरन शाहले विवाद हुँदा आफ्नै दाजुको छोरा १५ वर्षीय हेमराज शाहलाई गोली प्रहार गरी घाइते बनाएका थिए ।

त्यसपछि आफू स्वयंले समेत कन्चटमा चाइनिज पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।  घाइते हेमराजको ढाडमा गोली लागेको छ । 

शाहले दाजुका छोरा हेमराजलाई आफ्नै घर अगाडि सानो चाइनिज पेस्तोल प्रहार गरी घाइते गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । हाल घाइतेको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

घटनास्थलबाट कटुवा पेस्तोल एक थान, म्यागेजिन दुई थान गोलीका खोका एक थान र १५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।