• १३ जेठ २०८१, आइतबार

टेबुलटेनिसमा बिनेस खनियाँलाई तीन स्वर्ण

blog

टेबुलटेनिस प्रतियोगितामा तीन स्वर्ण जित्न सफल पुलिसका बिनेस खनियाँ । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुदको टेबुलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लबका बिनेस खनियाँले एक्लै तीन स्वर्ण जित्नुभएको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमाको प्रतियोगितामा पाचँ स्वर्ण छिनोफानो हुदाँ पुलिसले चार स्वर्ण जित्दा बिनेसले तीन स्वर्ण जित्नुभएको हो । 

खनियाँले पुरुष डबल इभेन्ट, मिक्स डबल इभेन्ट र टिम इभेन्टमा स्वर्णपदक जित्नुभएको हो । पुलिसले चार स्वर्ण जित्दा एपीएफले एक स्वर्ण हात पारेको हो । पुरुष डबल इभेन्टमा एपीएफका शिवसुन्दर गोथे र अमरलाल मल्ललाई पुलिसका सन्तोष श्रेष्ठ र विनय खनियाँले ३–१ सेटमा पराजित गर्दै पुलिसलाई स्वर्णपदक जिताउनुभएको हो । 

पुलिसले ११–८, ११–८, ११–१३ र ११–६ अङ्कले एपीएफलाई पराजित गरेको हो । कांस्य पदक भने बाग्मती प्रदेशका बोधित जिसी र विश्व घिमिरे तथा आर्मीका कृष्ण थापामगर र नारायण घिमिरेले जित्नुभयो ।

यस्तै मिक्स डबल इभेन्टमा पुलिस क्लबका बिनेस खनिया र एलिना महर्जनले आर्मीका नारायण घिमिरे र स्वेच्छा नेवाङलाई ३­२ सेटमा पराजित स्वर्णपदक जितेको हो । पुलिसले ११–७, ५–११, ८–११, ११–५ र ९–११ अङ्कले आर्मीलाई हराएको हो । कांस्य पदक गण्डकी र एनआरएनएले जितेका छन् । 

यस्तै महिला डबलमा एपीएफका सिक्का सुवाल र बिएनका राईको टोलीले पुलीसका नबिता श्रेष्ठ र एलिना महर्जनलाई ३­ २ सेटमा पराजित गर्दै स्वर्णपदक जितेको हो ।  एपीएफले ११–९, ८–११, ११–९, ९–११ र ७–११ अङ्क जितेको हो । कांस्य पदक बागमती र पुलिसले हात पारेका हुन् । 

यस्तै पुरुष टिम इभेन्टमा बिनेस खनियाँ, सन्तो श्रेष्ठ, सन्योग कपाली, बिपुल महरजन र प्रदीप रोकाको टोलीले पुलीसलाई स्वर्णपदक जिताएको हो । रजत बाग्मती र कांस्य प्रदेश १ र एनआरएनएले जितेको हो । 

यस्तै महिला टिम इभेन्टमा नबिता श्रेष्ठ, एलिना महर्जन, मञ्जु सुवाल, एसहसवी एवाल, शुभश्री श्रेष्ठको टालीले स्वर्ण जिताएको हो । एपीएफले रजत जित्दा बाग्मती र आर्मीले कांस्य पदक हात पारेका हुन् ।