• २१ वैशाख २०८१, शुक्रबार

महिला फुटबल : आर्मी सेमिफाइनलमा

blog

महिला फुटबलमा प्रतिस्पर्धा गर्दै आर्मी र सुदूरपश्चिमका खेलाडी । तस्बिर : अर्जुन काफ्ले

स्याङ्जा, असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुदको महिला फुटबलमा  विभागीय त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । वालिङमा आइतबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ११–० गोलले हरायो । 

सेमिफाइनलमा आर्मीले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीको जितमा असिमा कार्कीले चार गोल गर्नुभयो । खुस्मा राईले ह्याट्रिक पूरा गर्नुभयो । हिमा चौधरीले दुई तथा कुसुम खतिवडा र सपना मल्लले एक एक गोल गर्नुभयो ।