• १२ मंसिर २०८१, बुधबार

बारा बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति एमालेद्वारा दुःख व्यक्त

blog

गोरखपत्र अनलाइन

काठमाडौं, असोज २० गते । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ स्थित अमलेखगञ्ज सडक खण्डमा आज बिहान भएको बस दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बिहीबार शोक वक्तव्य जारी गर्नुहुँदै सो दुःख व्यक्त गर्नुभएको हो ।

यस दुखद घडीमा मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न हाम्रो पार्टी माग गर्दछ शोक विज्ञप्तिमा भनिएको छ ।

चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्ने एमालेले भनेको छ । सडकलाई सुरक्षित बनाउन यस्ता दुखद घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न पनि एमालेले सरकारी निकायको ध्यानाकर्षण गराएको छ ।