• १० मंसिर २०८१, सोमबार

म्यानचेस्टर सिटीको सानदार जित

blog

युनाइटेडविरुद्ध गोल गरेपछि खुशी मनाउँदै सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज १७ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । आइतबार राति भएको म्यानचेस्टर डर्वीमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ६–३ गोलले हरायो ।

सिटीको सानदार जितमा दुई खेलाडीले ह्याट्रिक पूरा गर्नुभयो । सिटीका अर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक पूरा गर्नुभएको हो । युनाइटेडका लागि एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काउनुभयो ।

सिटीले आठौं मिनेटमा फिल फोडेनको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३४औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । ३७औं मिनेटमा हालान्डले ब्यक्तिगत दोस्रो गोल थप्नुभयो । ४४औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमै चार गोल गरेको थियो । 

५६औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ६४औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटी थप बलियो बन्यो । ७३औं मिनेटमा फिल फोडेनले ह्याट्रिक पूरा गर्नुभयो ।

त्यसपछि युनाइटेडका एन्थोनी मार्सियलले ८४औं र इन्जुरी समयमा दुई गोल फर्काए पनि टोलीको फरािकलो हार टरेन । जितसँगै सिटी दोस्रो स्थानमा यथावत छ । सिटीले आठ खेलबाट २० अङ्क बनाएको छ ।

शीर्षस्थानमा रहेको आर्सनलको २१ अङ्क छ । पराजित युाइटेड १२ अङ्कसहित छैटौं स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी