• ११ पुस २०८१, बिहिबार

दशैंको खानपान र स्वास्थ : भिडियो कुराकानी

बोसोयुक्त मासु नखान चिकित्सकको सुझाव

blog

काठमाडौं, असोज १७ गते। पहिले/पहिले हरेक दिन मासु खाना नपाइने हुँदा दशैंमा देवीलाई खसी बोका चढाउने र मासु खाने चलन सुरु भएको मानिन्छ। तर, पछिल्लो समय सहरी करण बढ्दै जाँदा मासु खाना दशैं कुर्नुपर्ने बाध्यता छैन। कतिपयको भान्छामा दैनिक र कतिपयको हप्ता १५ दिनमा मासु अनिवार्य जस्तै खाने गर्छन्। 

सामान्य मासु दैनिक घरमा पाके पनि दशैंको समयमा घरमा सिङ्गै खसी काटेर लामो समयसम्म त्यही मासु खाने चलन बढ्दै गएको छ। मासु पकाउँदा तेलको अत्यधिक प्रयोग गरेर मासुका विभिन्न परिकारसँगै चिसो पिय पदार्थ खाँदा अनेक नसर्ने रोग बढ्दै गएको चिकित्सकले बताएका छन्। चाडपर्वको समयमा मासुका साथै सागसब्जी, गेडागुडी मिसाएर सन्तुलित बनाएर खान चिकित्सकको सुझाव छ।

सहिद गंगालला राष्ट्रिय हृदय केन्द्रका कन्सल्टेन्ट काडियोलोजिजिष्ट डा. दिपंकर प्रजापतिले चाडवार्डमा यस्ता खानाले रोग निम्तिन सक्ने भएकाले खानपिन गर्दा ध्यान पुर्‍याउन सुझाव दिनुभयो। स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य तथा चिल्लो पदार्थ बढी भएका परिकार खाँदा हृदयाघात, मस्तिष्क घातजस्ता स्वास्थ्य समस्या निम्तने हुँदा चाडवार्डमा सन्तुलित खान खाना उहाँको सुझाव छ। 

मासुमा चिल्लो र कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले बोसोको तत्त्व बढ्यो भने मुटुको भल्ब बन्द भएर हृदयाघात हुने उहाँले बताउनुभयो। बोसो, छाला, आन्द्राभुँडीमा चिल्लो पदार्थको मात्रा बढी हुने हुँदा यस्तो मासु नखान चिकित्सकको सुझाव छ। 

मासु खाइसकेपछि सागसब्जी, फलफूल गेडागुडी, कागती र अन्य फलफूलको सर्बतलगायत फाइबरयुक्त खानेकुरा खान उहाँको सुझाव छ। मासुलगायत दशैंमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन र अन्य नसर्ने रोग बढ्ने गर्छ। त्यसैले, दैनिक व्यायाम गर्ने, नियमित हिँड्ने बालबलिकलाई टेलिभिजन र मोबाइल देखाएर राख्नुभन्दा शारीरिक कसर हुने खेल खेलाउन चिकित्सको सुझाव छ। 

दशैंको अवसरमा रोग अनुसार कस्तो मासु खाने ? स्वास्थ्य मानिसले मासु कसरी खान सकिन्छ ? हाम्रो स्वास्थ्यका लागि कस्तो मासु फाइदाजनक हुन्छ ? र कस्तो मासु हानिकारक हुन्छ ? यी र यस्तै विषयमा विषयमा केन्द्रित भएर सहिद गंगालला राष्ट्रिय हृदय केन्द्रका कन्सल्टेन्ट काडियोलोजिजिष्ट डा. दिपंकर प्रजापतिसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री : 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।