• ६ जेठ २०८१, आइतबार

आर्सनल र चेल्सी विजयी

blog

टोट्टनहामविरुद्ध गोलगरेपछि खुशी मनाउँदै आर्सनलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज १६ गते । शीर्षटोली आर्सनल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको टोट्टनहामलाई ३-१ गोलले हरायो । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २-१ गोलले स्तब्ध बनायो । 

आर्सनलको जितमा थोमस पार्ट, ग्याब्रियल जेसस र ग्रेनाइट जाकाले गोल गर्नुभयो । टोट्टनहामका ह्यारी केनले एक गोल फर्काउनुभयो । थोमसले २०औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाउनुभयो ।

त्यसपछि केनले ३१औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काउनुभयो । जेससले ४९औँ र जाकाले ६७औँ मिनेटमा गोल गर्दै आर्सनललाई सजिलै जिताउनुभयो । यसअघि ६२औँ मिनेटमा इमर्सन रोयल्सले रातो कार्ड पाउँदै बाहिरिएपछि टोट्टनहाम १० खेलाडीमा समेटिएको थियो ।

जसको फाइदा आर्सनलले उठायो ।  जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले आठ खेलबाट २१ अङ्क बनाएको छ । पराजित टोट्टनहाम १७ अङ्क सहित तेस्रो स्थानमा छ । दोस्रो स्थापनामा रहेको म्यानचेस्टर सिटीको १७ अङ्क छ । 

यसैगरी अर्को खेलमा चेल्सीलाई जिताउन पिर्रे एमरिक औबामियाङले ३८औँ र कोनोर गल्लाघेरले ९०औँ मिनेटमा गोल गर्नुभयो। यसअघि सातौँ मिनेटमा क्रिस्टलका ओड्सोने एडोवार्डले गरेको गोल सान्त्वना बनेको थियो ।

जितसँगै सात खेलबाट १३ अङ्क बनाएको चेल्सी पाँचौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस ६ अङ्कसहित १७औँ स्थानमा छ । अर्को खेलमा लिभरपुल र ब्राइटनले ३-३ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी