• १२ वैशाख २०८१, बुधबार

बबरमहलमा ‘हिमालयन आर्ट फेस्टिभल’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । नेपाल कला परिषद्, बबरमहलमा नेपाली कलाकारहरू आआफ्ना सिर्जनासहित ‘हिमालयन आर्ट फेस्टिभल’ कला जात्रामा सहभागी हुनुभएको छ । दशैँ मनाउने तयारीसँगै थुप्रै कलाकार एकै स्थानमा भेला भएर सिर्जनाको साथमा एकआपसमा खुसियाली साटासाट गरिरहनुभएको छ । 

स्थानीय कलालाई प्रविधिमार्फत  विश्वव्यापीकरणका लागि सन् २०१० देखि सुरु भएको ई–आर्ट नेपालले दशैँअगाडि हिमालयन आर्ट फेस्टिभल आयोजना गर्दै आएको छ । यही अभियानअन्तर्गत आयोजित प्रदर्शनीमा विभिन्न माध्यम र विधामा तयार पारिएका सयौँ चित्र, मूर्ति र तस्बिर समावेश छन् । करिब १२ वर्षअगाडि अनलाइनमार्फत कलाको व्यापार प्रवद्र्धन गरी नेपाली कलाकारको सिर्जनाको देशभित्र र बाहिर प्रचार, संरक्षण गर्ने लक्ष्यले सुरु भएको ई–आर्ट नेपालले कला क्षेत्रमा पहिचान बनाएका कलाकारका कलालाई एकै थलोमा हेर्ने, बुझ्ने अवसर जुराएको हो । 

ई–आर्ट नेपालमा आबद्ध कलाकार एरिना ताम्राकारले दशैँको सँघारमै आयोजना हुने यस फेस्टिभलमा सहभागी हुँदा छुट्टै खुसी मिल्ने अनुभव सुनाउनुभयो । फेस्टिभल असोज १४ सम्म सञ्चालन हुनेछ ।