काठमाडौँ असोज ८ गते । दक्षिण एसियाली पत्रकारका लागि एक सातादेखि काठमाडौँमा आयोजना भइरहेको कार्यशालाका सहभागी पत्रकारले शुक्रबार गोरखापत्र संस्थानको कार्यालयको अवलोकन गरेका छन्।
अमेरिकास्थित इन्टरनेसनल सेन्टर फर जर्नालिज्मले आयोजना गरेको कार्यशालामा दक्षिण एसियाका ३८ जना पत्रकार सहभागी छन्। उनीहरूले गोरखापत्र र यसका सहप्रकाशनहरूको अवलोकन गर्दै छपाइ, वितरणलगायतका बारेमा जानकारी हासिल गरेका थिए।