गोरखापत्र अनलाइन
काठमाडौं, असोज ७ गते । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत सुझावका लागि सार्वजनिक अपिल गरेको छ । कांग्रेसले घोषणापत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सुरु गरिसकिएको जनाएको छ ।
‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ विविध धारणा राख्नु हुने सबैको सुझाव लिने निर्णय घोषणापत्र तयारी समितिले गरेको जानकारी समितिका सचिव डा. प्रदीप पराजुलीले दिनुभयो । समितिले स्वदेश र विदेशमा रहनुहुने कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक सबैसँग सुझाव माग गरेको छ ।
त्यसका लागि कांग्रेसले टेलिफोन तथा सामाजिक सञ्जालमार्फत सुझाव पठाउन आग्रह गरेको छ । श्रव्य, दृश्य वा स्वरमा पनि सुझाव दिन सकिने व्यवस्था गरेको छ । इमेल मार्फत सुझाव पठाउन nc.ghosanapatra2079gmail.com, ट्विटरमार्फत सुझाव पठाउन @nepalicongress र कांग्रेसको फेसबुक पेज www.facebook.com/nepalicongresshq मा गएर इनबक्समा म्यासेज गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।