• १३ साउन २०८१, आइतबार

रुकुम पूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

blog

जयमान बुढा मगर

रुकुमपूर्व, असोज ६ गते । रुकुम पूर्वमा बस दुर्घटना भएको छ । आज बिहीबार दिउँसो साढे २ बजे जिल्लाको भूमे गाउँपालिका –३ क्याङ्सी बगरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

काठमाडौँदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटना स्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । मृत्यु भएकाहरूको परिचय खुल्न नसकेको डिएसपी डाँगीले बताउनुभयो । 

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।