• ५ जेठ २०८१, शनिबार

सामुदायिक विद्यालयमा बालमैत्री पुस्तकालय

blog

राधाकृष्ण डुम्रे

वालिङ, असोज ६ गते । स्याङ्जाको गल्याङ नगरपालिकाका सामुदायिक बालमैत्री पुस्तकालय स्थापनालाई तीव्र पारिएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकामा पठनसीप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले बालमैत्री पुस्तकालय स्थापना गर्ने काम भइरहेको हो । 

पालिकाका १० विद्यालयमा बालमैत्री पुस्तकालय स्थापना गरिएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । गल्याङका बज्रेभन्ज्याङ माध्यमिक विद्यालय, गल्कोट माध्यमिक विद्यालय, ज्ञानज्योति आधारभूत विद्यालय, हिमाञ्चल आधारभूत विद्यालय, लखन थापा आधारभूत विद्यालय, नरोदय माध्यमिक विद्यालय, पक्वादी माध्यमिक विद्यालय, शिशुकल्याण माध्यमिक विद्यालय र शिवालय माध्यमिक विद्यालयमा बालमैत्री पुस्तकालय स्थापना गरिएको छ । 

गल्याङ नगरपालिका र रुम टु रिडको साझेदारी तथा सूर्योदय क्लबको व्यवस्थापनमा पुस्तकालय स्थापना गर्ने कार्यलाई तीव्र पारिएको हो । हाल प्रतिविद्यालय करिब ४ सय वटा बालसाहित्यका पुस्तक राखेर पुस्तकालय सुरुवात गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । 

पुस्तकालयमा ४ वर्षसम्म नियमित रुपमा पुस्तकहरु थप गर्दै जाने रुम टु रिड (पढ्नको लागि कोठा) का साक्षरता कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयमा शैक्षिक गुणस्तर बढाउन पुस्तकालय स्थापना गरिएको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्यले बताउनुभयो ।