• १२ वैशाख २०८१, बुधबार

डीएभीलाई इन्डोर क्रिकेट उपाधि

blog

उपाधि विजेता डीएभी टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज ५ गते । चौथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ। 

ललितपुरस्थित भनिमन्डलमा बुधबार भएको प्रतियोगिताको फाइनलमा डीएभीले मोडर्न इन्डियन स्कुललाई पाँच विकेटले हरायो । मोडर्न इन्डियनले दिएको १०६ रनको लक्ष्य डीएभीले दुई बल बाँकी छँदा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

डीएभीको जितमा आयुष झाले अविजित ४२ रन बनाउनुभयो । आदर्श अग्रवालले २५ रन बनाउनुभयो । मोर्डन इन्डियनका मृत्युन्जय पलले ४९ रन बनाए पनि टोलीको हार टरेन ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोडर्न इन्डियन स्कुलका आयुष जैसवाल घोषित हुनुभयो । उत्कृष्ट ब्याट्सम्यान इन्डियन स्कुलकै मृत्युन्जय पल तथा उत्कृष्ट बलर डीएभीका आयुष जैसवाल हुनुभयो ।