• ११ मंसिर २०८१, मङ्गलबार

कांग्रेस निर्वाचन घोषणापत्र तयारी समितिमा छ सहमहामन्त्रीसहित ४१ सदस्य मनोनीत

blog

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समिति गठन । फाइल तस्बिर

काठमाडौं, असोज ५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनयन गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गर्नुभएको सो समितिमा छ जना सहमहामन्त्री, सात केन्द्रीय सदस्यसहित ४१ जना सदस्य मनोनयन गर्नुभएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे र जीवन परियारलाई समिति सदस्यमा मनोनयन हुनुभएको जानकारी दिनुभयो ।

यसैगरी, मनोनयन हुनेमा केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, प्रा.डा. गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र र नानु बाँस्तोला हुनुहुन्छ ।

त्यस्तै, अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरी, डा. विष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा. स्वर्णिम वाग्ले, डा. सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईँ, डा. अञ्जनी झा, ई. अभिमन्युलाल सिंह, डा. ई. हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, श्री भोजराज श्रेष्ठ, प्रताप पौडेल, डा. बुद्धिमान श्रेष्ठ र शङ्कर तिवारी हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले डा. कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल, विकल राई र डा. प्रदीप पराजुलीलाई निर्वाचन घोषणापत्र तयारी समितिमा मनोनयन मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।