• २३ वैशाख २०८१, आइतबार

'प्रेमगीत–३’ बारे कलाकार पक्ष विपक्षमा

blog

काठमाडौं, असोज ४ गते । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत–३ लाई लिएर विवाद चर्किदैगएको छ । चलचित्र प्रेमगीत ३ को बारेमा चलचित्रकर्मी, कलाकारलगायत चलचित्र विकास बोर्डसमेत बहसमा तानिएको छ । 

पक्ष विपक्षमा कलाकार दीपकराज गिरी, सरोज खनाल र प्रेमगीत ३ का टिम र करिश्मा मानन्धर लगायतका कलाकारले पक्ष तथा विपक्षमा प्रतिक्रिया दिनुभएको छ ।   

चलचित्र विकास बोर्डले गत भदौ ३० मा चलचित्र हल बिहान ६ बजे खोलेर राती ११ बजे बन्द गर्नुपर्ने विज्ञप्तिमार्फत सूचना जारी गरिसकेको छ । सो सूचनाको ‘प्रेमगीत ३’ का कलाकारले विरोध गरेका छन् । आफूहरू अभिनीत चलचित्रलाई असफल बनाउन सो सूचना जारी गरिएको सो चलचित्रका अभिनेता प्रदीप खड्का र निर्देशक सेनले आरोप लगाउनुभएको छ । 

चलचित्र निर्माता संघका अनुसार चलचित्र प्रेमगीत ३ को हिन्दी डबलाई विदेशी फिल्म सरह कर लगाउनपर्छ । तर प्रेमगीत ३ निर्माण टिमको भने हिन्दी डबलाई नेपाली चलचित्रजस्तै कर छुट गर्नुपर्ने तर्क छ ।

चलचित्र निर्माता सङ्घका अनुसार चलचित्र प्रेमगीत ३ को हिन्दी डबलाई विदेशी फिल्म सरह कर लगाउनपर्छ । तर प्रेमगीत ३ निर्माण टिमको भने हिन्दी डबलाई नेपाली चलचित्रजस्तै कर छुट गर्नुपर्ने तर्क छ । नेपाली चलचित्रलाईजस्तो करमा छुट गर्नुपर्ने र हिन्दी चलचित्रलाईजस्तो कर भराउनु पर्छ भन्ने मुख्य विवादको विषय देखिएको छ । यसैबीच अभिनेता प्रदीप खड्काले विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । उहाँको सो अभिव्यक्तिकै कारण विवाद चुलिएको हो । विवादमा कलाकार सरोज खनाल पनि तानिनुभएको छ । कलाकार खनालले अभिनेता प्रदीपले आक्रोशमा आएर पुराना कलाकार भुवन केसीको राजीनामा माग्नु गलत भएको बताउनुभयो । नयाँ कलाकारले पुराना कलाकारको सम्मान गर्नुपर्ने उहाँको सुझाव छ ।

चलचित्र प्रेमगीत ३ का निर्देशक सेनले कलाकार सरोज खनालको विरोध गर्नुभयो । निर्देशक सेनले ‘अभिनेता खनालको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने हो’ सामाजिक सञ्जालमा स्ट्याटस लेख्नुभएपछि कलाकारबीच झन् विवाद बढेको छ । 

निर्देशक सेनले सामाजिक सञ्जालमा कलाकार खनालको विरोध गरेपछि अर्का कलाकार दीपकराज गिरीले सो अभिव्यक्तिको विरोध गर्नुभएको छ । उहाँले कलाकारहरू सभ्य हुनुपर्ने सुझाव दिनुभएको छ । 

“भारतले चलचित्र प्रेमगीत ३ लाई हिन्दी डब गरेर राम्रो सुरुवात गरेको मैले बुझेको छुँ” उहाँले भन्नुभयो, “यो राम्रो सुरुवात हो ।”

उहाँले लेख्नुभएको छ, “भुवन केसी, अनमोल केसी, झरना थापा र आदरणीय सरोज खनाल दाइ पनि, सबैलाई गाली गरेरै चलचित्र चलाउने हो ? आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिद्ध्याउने हो ?” 

यस्तै, अभिनेत्री करिश्मा मानन्धरले पनि ‘प्रेमगीत ३’ र विकास बोर्ड विवादका विषयमा मुख खोल्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत चलचित्र ‘प्रेमगीत ३’ लाई समर्थन गर्नुपर्ने बताउनुभएको छ । 

“नेपाली चलचित्र अन्यायमा नपर्ने गरी विदेशी लगानी र विदेशी चलचित्रलाई त्यहीअनुरूपको कानुन निर्माण गरिनुपर्छ, हिन्दी या विदेशी चलचित्र आउनासाथ नेपाली चलचित्रलाई सेन्सर गर्न हतार गर्नु हुन्न” उहाँको सुझाव छ ।   

नेपालमा स्टुडियो नभएकाबेला भारतमै गएर रेकर्डिङको काम गरेको उहाँले स्मरण गर्नुभयो । आजका नयाँ पुस्ताले चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको उहाँले दाबी गर्नुभयो ।  “भारतले चलचित्र प्रेमगीत ३ लाई हिन्दी डब गरेर राम्रो सुरुवात गरेको मैले बुझेको छुँ” उहाँले भन्नुभयो, “यो राम्रो सुरुवात हो ।”

नीति नियम बनाएर विदेशी चलचित्रलाई धेरै कर तिराउनु पर्छ भन्ने राम्रो होइन, सहकार्य गरेर अघि बढ्नुपर्छ ।” चलचित्र बोर्डको काम निगरानी गर्नु मात्र नभई सहजीकरण पनि गर्नु हो उहाँले भन्नुभयो । चलचित्र क्षेत्रका सबैले एक अर्काको सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । विचारमा विविधता भए पनि चलचित्र क्षेत्रका सबै एक परिवार भएकाले एकले अर्काको अस्तित्व स्विकार्नुपर्ने उहाँको सुझाव छ ।