• १४ मंसिर २०८१, शुक्रबार

सहकारीको माध्यमबाट मुलुकको समग्र अर्थतन्त्रको विकास : अध्यक्ष कँडेल

blog

सूर्यकोट बचत तथा ऋण सहकारी संस्था कोटेश्वर काठमाडौंको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल । तस्बिर : सूर्यकोट बचत तथा ऋण सहकारी संस्था

काठमाडौं, असोज १ गते । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीको माध्यमबाट मात्रै मुलुकको समग्र अर्थतन्त्रको विकास सम्भव भएको बताउनुभएको छ ।

शनिबार सूर्यकोट बचत तथा ऋण सहकारी संस्था कोटेश्वर काठमाडौंको १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्नुहुँदै महासङ्घका अध्यक्ष कँडेलले सो कुरा बताउनुभएको हो ।

यसैगरी, सहकारी संस्थाका अध्यक्ष रामशरण सुवेदीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।


यस्तै, कोषाध्यक्ष बालकृष्ण पौडेलले आय व्यय विवरणसहित आर्थिक वर्ष २०७८/७९ मा संस्थाले गरेको २६ करोड कारोबारको विवरण प्रस्तुत गर्नुभएको थियो ।

सहकारी संस्थाका अध्यक्ष सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा समितिका संयोजक पीताम्बर भण्डारी र ऋण समितिका संयोजक नानिकाजी केसीले आआफ्नो  समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका कोष अध्यक्ष दीपक पनेरु, सहकारी संस्थाका कुमार घिमिरे, शिवराम थापा, दिलीप अधिकारी, निसान हुमागाईंलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।