• २२ असार २०८१, शनिबार

बागमती किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधान हुन्छ : नेता सिंह

blog

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह । फाइल तस्बिर

काठमाडौं, भदौ ३० गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता सिंहले सो कुरा बताउनुभएको हो ।

नेता श्रेष्ठले भन्नुभयो, ‘‘झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनका लागि बनेको हो यो गठबन्धन सरकार । देश ठूलो दुर्घटनाबाट जोगाएर ट्र्याकमा लैजाने काम यो सरकारले गरिरहेको छ ।’’

नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बागमती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

तत्कालीन नेकपाको सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उहाँको भनाइ छ ।

नेता श्रेष्ठले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको दाबी गर्नुभयो ।

उहाँले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा सरोकारवाला निकायहरू र आम सर्वसाधारणहरूले खानेपानीसम्बन्धी समस्याको उचित व्यवस्थापन गर्न माग गरे । उनीहरूले वर्षमा एकपटक मात्रै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नु भनेको औपचारिकता जस्तो भएको गुनासो गरे । उनीहरूले ढल व्यवस्थापन र फोहोरको व्यवस्थापन राम्रोसँग हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।