• १३ साउन २०८१, आइतबार

प्रहरीद्वारा बुधबार ४६ जना फरार आरोपी पुनः गिरफ्तार

blog

राधाकृष्ण डुम्रे

वालिङ, भदौ ३० गते । जिल्ला प्रहरीका कार्यालय स्याङ्जाले एकै दिन ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

५ वर्षको अवधिमा विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई बुधबार एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उनीहरुबाट एक लाख २६ हजार ७५ रुपियाँ राजस्व असुल गरिएको उहाँले जानकारी दिनुभयो ।