• १३ असोज २०८१, आइतबार

ओखलढुङ्गामा पाँच जनाले त्यागे नेपाली नागरिकता

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ २९ गते । ओखलढुङ्गामा पाँच जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्लामा पाँच वर्षको अवधिमा पाँच जनाले नेपाली नागरिकता त्यागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाको तथ्याङ्कअनुसार २०७४ साल यता पाँच जनाले नागरिकता त्याग्नुका साथै सात जनाको नागरिकता रद्ध गरिएको छ । 

हालसम्म दुई महिला र तीन पुरुषले नागरिकता त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जानकारी दिनुभयो । 

विभिन्न देशमा गएर उतैको नागरिक भएका अधिकांशले नेपाली नागरिकता त्यागेको सिग्देलको भनाइ छ । दोहोरो नागरिकता लिएका तथा गलत विवरण भरिएका नागरिकताहरु पनि रद्ध गरिएको जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले जनाएको छ ।