• २४ असार २०८१, सोमबार

नवौं राष्ट्रिय खेलकुदका लागि असोज ८ देखि नेपालगञ्जमा छनोट प्रतियोगिता

blog

पौडी छनोट खेलका लागि तयारी अवस्थामा रहेको पौडी पोखरी । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान

नेपालगञ्ज, भदौ २९ गते । पोखरामा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा असोज ८ गतेदेखि १२ गतेसम्म आयोजना गरिने भएको छ । 

मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार असोज ८ गते बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ । ८ र ९ बक्सिङ तथा भारोत्तोलन एवम् १० र ११ गते जुडो, सुटिङ, हक्की (महिला र पुरुष) र साइक्लिङ प्रतियोगिता हुने भएको छ । 

सोही प्रकारले असोज पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती र उसु छनोट प्रतियोगिता आयोजना गरिएको चन्दले बताउनुभयो । 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको नेपालगन्जमा खेल पूर्वाधार धेरै भएकाले अधिकांश खेलको छनोट प्रतियोगिता नेपालगन्जमा राखिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले बताउनुभयो ।

उहाँले सोका लागि अहिले प्रदेश भर खेलाडीहरू अभ्यास र तयारीमा व्यस्त रहेको बताउनुभयो । छनोट प्रतियोगिताका लागि सम्पूर्ण व्यवस्था मिलाइएको समेत सदस्य थापाले बताउनुभयो ।