• ११ मंसिर २०८१, मङ्गलबार

क्यासिनोले बुझाए कर

blog

काठमाडौँ, भदौ २९ गते । काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । 

पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् ।

महानगरलाई कर बुझाउनेमा काठमाडौँ फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो  र्याट, प्राइम इन्टरटेन्मेन्ट एन्ड रिक्रिएसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ इन्टरटेनमेन्ट रहेका छन् । महानगरपालिकाले काठमाडौँ फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो ।

मनोरञ्जन कर बुझाउन ताकेतामा परेको  र्याडिसन होटलमा सञ्चालित क्यासिनो  र्याट र याक एन्ड यतीमा सञ्चालित रोयल क्यासिनोले भने कर तिरेका छैनन् ।

महानगरको राजस्व विभागका अनुसार म्यारियट क्यासिनोले २१ लाख ४२ हजार, अन्नपूर्णको क्यासिनोले ११ लाख ८५ हजार, हायातको क्यासिनोले नौ लाख ८९ हजार, सोल्टीको क्यासिनोले नौ लाख ९३ हजार, मल्ल होटलको क्यासिनोले १३ लाख ८८ हजार रुपियाँ महानगरलाई मनोरञ्जनबापत कर बुझाएका हुन् ।