• १२ मंसिर २०८१, बुधबार

हामी समाजवादमा पुग्ने लक्ष्यमा छौं : अध्यक्ष दाहाल

blog

‘पल पलको मृत्यु’ सार्वजनिक समारोहमा सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ २८ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरू समाजवादमा पुग्ने लक्ष्यमा रहेको दाबी गर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित सुदन किराँतीद्वारा लिखित पुस्तक ‘पल–पलको मृत्यु’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समाज रूपान्तरण, सामाजिक न्याय र समाजवादको यात्रा नछोडेको बताउनुभयो।

उहाँले शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँग सम्बन्धित हजारौँ संस्मरण यर्थाथबाट आधारित तथ्य रहेको र यो जुन स्तरबाट उत्खनन् र अन्वेषण हुनुपर्ने हो त्यो हुन नसकेको वा एकदमै कमै मात्र भएको धारणा राख्नुभयो।

अध्यक्ष दाहालले भन्नुभयो, “मानिस भएर जन्मेपछि जीवनलाई कसरी व्यतीत गर्ने भन्ने कुरा, आधुनिक नेपाल निर्माणमा जस्तो अरूमा छ जस्तो लाग्दैन। युद्धमा जति गहिराईसँग शान्तिको महत्त्व छ। शान्तिको महत्त्व युद्धबाट परिभाषित छ, त्यसले मात्रै राम्रोसँग बुझ्न सक्दछ, उहाँ आफैँले भोगेको घटनाक्रम हो।”

विगतमा करोडौँको निम्ति समर्पण भावले काम गर्दा उनीहरूसँगै हिँडेको महसुस हुने गरेको तर, अहिले मन्त्री, प्रधानमन्त्री भएर काम गर्दा पनि त्यस्तो  महसुस हुन नसकेको उहाँले बताउनुभयो। 

“मानव जातिको निम्ति समर्पित छु भनेर लाग्दा र पद, प्रतिष्ठाका निम्ति हुने अनुभूति आकाश,, जमिनको फरक हुँदो रहेछ। आजभोलिकै मात्रै दिनचर्या हेर्ने हो भने गर्वानुभूति छैन। जीवनको महत्त्व पनि महान् हो भन्ने अनुभूति कमजोर परेको छ। तर, हामी जुन घुम्तीमा, मोडमा बसेका छौँ, समाजवादको यात्रा छोडेका छैनौँ”, उहाँले भन्नुभयो।