• ११ पुस २०८१, बिहिबार

दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो

blog

लास्कु खोला र महाकालीमा आएको बाढी र कटान क्षेत्र । तस्बिर : लोकेन्द्र जोशी

दार्चुला, भदौ २५ गते । दार्चुला, भदौ २५ गते । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बीचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । मानिसहरू सबै रातिदेखि नै घरबाहिर निस्किएका छन् ।

बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । उद्धार कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको स्थानीय चक्र बमले बताउनुभयो । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ । स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालका अनुसार अविरल वर्षाले बंगाबगडको दशरथ नगर स्कुलसँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको उहाँले बताउनुभयो ।

दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल बगाएको छ । कटान अझै जारी छ । उद्धार कार्यमा सुरक्षा निकायका साथै सांसद गणेशसिंह ठगुन्नासहित स्थानीयहरू खटिएको घटनास्थलबाट ललित खत्रीले जानकारी दिनुभयो । 
 
Author

लोकेन्द्रप्रसाद जोशी